तानसेन। गएराती देखि परेको अविरल वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

वर्षाका कारण ढुंगासहितको पहिरो खसेपछि बिहान देखि राजमार्ग अवरुद्ध भएको हो ।

\सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिबु खत्रीले दिएको जानकारी अनुसार सो राजमार्गको कालीमाटीमा सडक अवरुद्ध भएको छ ।

अवरुद्ध सडक सुचारु गर्नका लागि काम भइरहेको सूचना अधिकारी खत्रीले बताए । दुई बजेसम्म एकतर्फी रुपमा सवारी संचालन गर्न स्काभेटरले काम गरिरहेको छ । उता बिहान अवरुद्ध झुम्सा, दोभान र सिद्धबाबामा भने पहिरो पन्छाएर एकतर्फी रुपमा सडक सुचारु भएको सडक डिभिजन पाल्पो जनाएको छ ।

यस्तै गएराती सिद्धार्थ राजमार्गकै बर्तुङ्ग राम्दी सडकखण्डको दुई स्थानमा खसेको पहिरले सडक अवरुद्ध भएको रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार उक्त राजमार्गको रम्भा गाउँपालिका ३ अगाहाँखोला, बगनासकाली गाउँपालिका ४ शेरा र राम्दीमा पहरोले सडक अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया