मृत मृगसहित चार जना पुरुष हार्थोकबाट पक्राउ

तानसेन । अवैद्य रुपमा बन्यजन्तु मारेर ओसार प्रसार गर्ने ४ जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ ।

गएराती रिब्दिकोट गाउँपालिका वडा नं. ३ हार्थोक बजारमा प्रहरी चौकी हार्थोकले गरेको चेकजाचका क्रममा ७।८ किलोको अवैध बन्यजन्तु राते (मृग) सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. ६ का २८ वर्षीय रमेश भण्डारी, बाग्लुङको निस्दीखोला गाउँपालिका ३ का २९ वर्षीय छम बहादुर मल्ल, नवलपरासीको बर्दघाट नगारपालिका ४ का २९ वर्षीय सुरेश थापा तथा अर्घाखाँचीको पाणिनी गाउँपालिका ८ का ३२ वर्षीय मोबिन वली रहेको प्रहरीले जनाएको छ ।

बाग्लुङ्गको बुर्तिबाङबाट बुटवलतर्फ जादै गरेको ध १ ज ४६५ नंंको बोलेरो जीपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

उनीहरुले मृगलाई मारेर जीपको सिटमा राखेर ओसरप्रसार गरेको हुँदा पक्राउ गरिएको छ । मृत मृगलाई डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरि उनीहरुलाई कारबाही प्रकृया अघि बढाईएको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया