तानसेन । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ का अध्यक्ष न्योबहादुर सुनारीको गएराती निधन भएको छ।

५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिए ।

वडाध्यक्षको निधन भएपछि आज एक दिनका लागि गाउँपालिकामा शोक बिदा दिने निर्णय भएको पनि अध्यक्ष सारुले बताए ।

सामाजिक र राजनीतिक क्षेत्रमा सकृय रहेका सुनारीको मृत्यु भएपछि सिंगो गाउँपालिका शोकमा डुवेको भन्दै तिन दिनसम्म पालिका र वडा कार्यालयहरुमा आधा झण्डा झुकाउने निर्णय गाउँपालिकाले गरेको छ ।

 

कलेजोमा समस्या देखिएपछि औषधि सेवन गर्दै आएका सुनारी गत सोमबार बिहानदेखि उपचार गराउदै आएका थिए । नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका सुनारीका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया