
तानसेन। पाल्पा जारी निषेधाज्ञालाई साउन १० गतेसम्मका लागि थप गरिएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले साउन १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञालाई केही खुकलो गरिएको पनि समितिले जनाएको छ ।
यसअघि पूर्ण रुपमा बन्द गरिएको सार्वजनिक सवारीलाई समेत जिल्लाभित्र जोर-बिजोर प्रणालीमा संचालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
यस्तै यसअघि बिहान ७ बजेदेखि ३ बजेसम्म खुलेका सबैखाले पसलहरु दुई द्दण्टा थप गरि बेलुका ५ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए ।
मानिसहरु भिडभाड हुने स्थलहरु भने पूर्ण रुपमा बन्द गरि अत्यावश्यक सेवाका सवारीलाई भने २४ सै घण्टा संचालन गर्न पाउने व्यवस्था समितिले गरेको छ ।