तानसेन । पाल्पाको ख्याहामा सोमबार बिहान एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

रिब्दीकोट गाउँपालिका वडा नं. १ अन्तरगत पर्ने उक्त स्थानका ७० वर्षीय शालीकराम विकको शव फेला परेको प्रहरीले जनाएको छ ।

साउन १ गते जानकारी बिना घरबाट हिडेका विकको तीन दिनपछि शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

शव फेला परेसंगै जिल्लाबाटै प्रहरीको टोली खटाई घटनाबारे अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया