
तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार २८ पुरुष तथा ३३ महिला गरि थप ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा गरिएको ९७ जनाको पीसीआर परीक्षणमा ४४ जना तथा ६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
योसंगै जिल्लामा हालसम्म सात हजार ९९७ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी पन्थीले बताए ।यस्तै पछिल्लो २४ घण्टामा थप १२१ जना भने संक्रमणमुक्त भएका छन् ।
६३ महिला तथा ५८ पुरुष संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै हालसम्म जिल्लामा ७ हजार ४९८ जनाले संक्रमणमुक्त भएका छन ।
अहिले जिल्लामा ३८२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने संक्रमणपछि ११६ जनाको निधन भईसकेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।