पत्रकार चापागाईंको ‘सरकार चाहियो’ गीत म्युजिक भिडियो सार्वजनिक

पाल्पा । पत्रकार सतिश चापागाईंको सरकार चाहियो बोलको गीत सार्वजनिक भएको छ ।

उक्त देशभक्ति गीतमा शिशिर योगीको स्वर र संगीत रहेको छ । बीबी अनुरागीले संगीत संयोजन गरेको गीतको माष्टर मिक्सिंग श्याम श्वेत रसाईलीले गरेका छन् ।

प्रिज्म रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा भिडियोमा सुरवीर पण्डित र रश्मी भट्टसंगै कलाकार जिवी चिरन लगायतको अभिनय रहेको छ ।

मिलन श्रेष्ठले सम्पादन गरेको उक्त गीतको भिडियोको निर्देशन रामजी ज्ञवालीले रहेका छन् । गत वर्ष नै रेकर्ड सम्पन्न भएको गीतको कोरोना महामारीका कारण भिडियो छायाँकन हुन सकेको थिए।

हालै सार्वजनिक भएको गीतमा सरकार फेरिए पनि जनताका जीवनस्तर गहाँको त्यहीँ रहेको कुरालाई उठान गरिएको सर्जक चापागाईंले बताए । जनताका घाउँहरुम सरकारले मलम लगाउनु पर्ने कुरामा गीतले जोड दिएको छ ।

भिडियाे हेर्नुहाेसः

समानता र न्यायको पक्षमा सरकारले काम गर्नुपर्ने देशको विद्यमान अवस्थालाई भिडियोमा राम्रोसंग चित्रण गरिएको कलाकारले जनाएका छन् । नेपालमा रहदा पत्रकारितामा रहेको चापागाईं हाल अमेरिकामा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया