
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर गरि कुल दुई हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नौं हजार १२२ पीसीआर परीक्षणमा एक हजार ८५५ जना र तीन ७०७ जनाको एन्टिजेन परीक्षणमा ८५९ जना गरी दुई हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो ३४ घण्टामा थप २४ जना संक्रमितको मृत्यु भएको छ भने एक हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।
बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ ।