• पाल्पा । नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाले शुक्रबार अस्पताल र उपशाखालाई  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

पाल्पाका ७ वटा उपशाखा, रामपुर अस्पताल, ताहु प्राथमिक स्वास्थ केन्द्र लगायतलाई शाखाका वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्किले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

निस्दी, सिलुवा, खालिवन, ताहु, माथागढि र पिपलडाँडा लगायतका उपशाखा मास्क, सेनिटाइजर वितरण गरिएको कार्यक्रम अधिकृतले बिनोद भारतीले बताए ।

यसै बीच सोसाइटीले पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, रामपुर अस्पताललाई पनि कोरोना बाट जोगिन स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया