
पाल्पा । तानसेन नगरपालिकाको चौमासिक प्रकाशन हाम्रो तानसेनको लेखक, पत्रकार, सम्मान तथा १२ अङ्कको समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
तानसेन नगरपालिका प्रमुख तथा प्रकाशनका संरक्षक अशोककुमार शाहीले हाम्रो तानसेनको कला सस्कृतीको प्रचारमा बुलेटिन सहयोग रहेको बताएका छ्न ।
तानसेन कला सस्कृती र साहित्यको वास्तविक चित्र बुलेटिनमा देखिएको उनले बताए ।
उपप्रमुख लक्ष्मी पाठक, प्रवक्ता दामोदर घिमिरेले तानसेनको बिकास गतिविधि समावेश गरिएको यो हाम्रो तानसेन एतिहासिक भएको बताएका हुन ।
साहित्यकार तथा शोधखोज कर्ता रामराज ज्ञवालिले यो अङ्क अनुसन्धानमुलक रहेको र यसको महत्त्वपूर्ण दस्तावेज रहेको बताए ।
समिक्षक तथा साहित्यकार टंक पन्थीले अहिले यस्को महत्व नभए पनि भोलिका दिनमा महत्त्वपूर्ण रहने बताए । यस्ता सामाग्रीले तानसेनको प्रचारमा ठुलो भुमिका रहेको उनलेे बताए ।
कार्यक्रममा तानसेनका सम्पादक गोबिन्द्र भटटराइले कार्यकमको संचालन गरेका थिए । सो कार्यक्रममा लेखक तथा पत्रकार सम्मानित गरिएको थियो ।