पाल्पा ।गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं.४ स्थित दोभान भन्ने स्थानमा लु१ज. ४५५९ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जीप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

मृतकहरुको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

तस्वीरः अनिल खत्री, गुल्मी ।

जीप सडकबाट करिब ५ सय मिटर तल खसेको र  दुर्घटनाकाे कारणबारे अनुसन्धान जारी रहेकाे पनि प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया