पछिल्लो २४ घण्टामा संक्रमण र मृत्युदर दुवै बढ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण र मृत्युदर दुवैमा वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा पन्ध्र हजार ८०८ जनाको पीसीआर र एन्टीजेन विधिबाट गरिएको कोरोना परीक्षणमा तीन हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा एक हजार ९९२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छन् ।

तपाईको प्रतिक्रिया