पाल्पामा थप ४७ जनामा कोरोना पुष्टि

तानसेन । पाल्पामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार २१ पुरुष तथा २६ जना महिला गरि थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १२४ जनाको एन्टिजेन तथा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४८ जना भने कोरोनामुक्त भएका छन् । विभिन्न स्थागत तथा होम आइसोलशनमा बस्दै आएका १८ महिला तथा ३१ जना पुरष संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल जिल्लामा ३९५ जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको