जिल्ला प्रशासन कार्यालय पाल्पाको सेवा साउन २९ गतेसम्म स्थगन

तानसेन । कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले १० दिनका लागि सेवा स्थगन गरेको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयको सेवा बन्द हुने भएको हो ।

केही कर्मचारीमा संक्रमण देखिएपछि अन्य कर्मचारीमा समेत संक्रमण फैलिएको हुनसक्ने भन्दै सेवाग्राही समेत जोखिममा पर्ने हुँदा साउन २९ गत शुक्रबारसम्मका लागि सबै सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी योगेनद्र प्रसाद पाण्डेले बताए ।

कार्यालय बन्द रहेको समयमा शान्ति सुरक्षा, विपद् व्यवस्थापन र मुद्धा तथा ठाडो उजुरी बाहेकका सम्पूर्ण सेवाहरु स्थगन गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

हाल जिल्लामा संक्रमण कायमै रहेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिन पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

पाल्पामा अहिले पनि दैनिक संक्रमित थपिने र निको हुने क्रम जारी रहदा ३९५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

हेर्नुहाेस प्रशासनकाे सूचनाः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer