पाल्पा । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका–४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सेही स्थानका ६८ वर्षीया नैनकला पौडेल, सत्यवती–७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन र सत्यवती–५ की ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ ।

 

घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचार भईरहेको छ। जीप आफैं अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया