गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा । गुल्मीमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर५ का ३३ वर्षीय दिपक माझी रहेको प्रहरीले जनाएको छ ।

सत्यवती गाउँपालिका वडा नम्बर-६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । हटियास्थित जुनियाबाट खैरेनीतर्फ जादै क्रममा ट्याक्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा सह-चालक सत्यवती -६ बडरबोट बस्ने बर्ष १७ को गगन रानामगरकाे  अवस्था सामान्य रहेको  प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया