तानसेन । पाल्पामा जारी निषेधाज्ञालाई साउन मसान्तसम्मका लागि थप गरिने भएको छ ।
बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एघारौं चरणमा साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जारी निषेधाज्ञा बिहीबार मध्यराति सकिने भएपछि केही फेरबदल गरेर भाेलीदेखि निषेधाज्ञा थपिएकाे स्थानीय प्रशासनले जनाएकाे छ ।
यसअघि गरिएको निषेधाज्ञामा समेत संक्रमण कायमै रहेको जनाउदै स्थानीय प्रशासनले अन्य नियमलाई जारी राखे पनि पसल खुल्ने समय फेरबदल गरेको छ ।
यसअघि दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म खुल्दै आएका पसल व्यावसाय अब भने बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र खोल्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
अहिले पनि दैनिक ५० जनाको हराहारीमा संक्रमित थपिएको हुँदा स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न जिल्लाबासीलाई अपिल गरिएको प्रजिअ पाण्डेले बताए ।
हेर्नुहाेसप्रमुख जिल्ला अधिकारीवाट जारी आदेशः