
तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेको दुई अभियुक्तलाइ पक्राउ गरेको छ ।
जिल्ला अदालत पाल्पाबाट फैसला भई कैद तथा जरिवाना तोकिएका दुई अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तिनाउँ १ का ४४ वर्षीय लाल बहादुर सारु र ३८ बर्षीय नोठ बहादुर फौजा रहेको जिल्ला पहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
सारुको विना इजाजत बन्यजन्तुको आखेटोपहार ओसापोसार मुद्धामा २ महिना कैद तोकिएको छ भने फौजालाई राष्ट्रिय वन क्षेत्रको रुख कटानी गरेको अभियोगमा ३० हजार ९ सय ५४ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाएको प्रहरीले जनाएको छ ।
पाल्पा प्रहरीले केही दिन अघि दुई जना तथा साभन्दा अघि तीन जना गरि यो महिनामा मात्रै ७ जना अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।