बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ

तानसेन । पाल्पामा १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

तानसेन नगरपालिकाकी १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रैनादेवी छहरा घर भई हाल तानसेन नगरपालिकामा बस्दै आएका २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरको हो ।

गत साउन १९ गते बालिकाको घर नजिकै तानसेनमा डेरामा बस्ने ती युवकले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया