पाल्पा । नाङ्लोका संस्थापक पर्यटन व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको उपचारका क्रममा निधन भएको छ।

क्यानसर रोगबाट ग्रसित भएको उनको उपचारका क्रममा थाइल्याण्डमा मृत्यु भएको परिवार स्रोतले जनाएको छ । होटल एसोसिएसन हानका पूर्वअध्यक्ष समेत रहेका कक्षपति करिब दुई महिनादेखि उपचाररत थिए।

७१ वर्षीय कक्षपतिले नेपालमा आधुनिक रेष्टुरेन्टको सुरुवात गरेका थिए । उनले बेकरी, क्याफे, चेन रेष्टुराँ खोलेर मःमलाई ब्राण्डिङ गर्ने कामको समेत सुरुवात गरेका थिए। कक्षपति शुभतारा स्कुलका संस्थापक पनि हुन्।

कक्षपतिका पत्नीसहित १ छोरा र १ छोरी छन्।

तपाईको प्रतिक्रिया