पाल्पामा कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई अष्ट्राजेनिका खोप दिइने

 

तानसेन। पाल्पामा ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको दाेस्राे मात्रा खोप साउन २७ र २८ गते दिइने भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार गत फागुन र चैतमा कोभिशिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई अष्ट्राजेनिका खोप दिइने भएको हो ।

पहिलो मात्रा लगाएर दोस्रो मात्राका लागि खोप आपूर्ती नहुँदा खोप लगाउन नपाएका ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई स्थानीय तहका स्वास्थ्य चौकीको खोप केन्द्रबाट खोप लगाउने तयारी गरिएको स्वास्थय कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकश पन्थीले बताए ।

लामो समयदेखि पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका जेष्ठ नागरिकले कोभिशिल्डको सट्टामा भुटान र जापानले दिएको अष्ट्राजेनिका खोप लगाउने भएका छन् ।

पाल्पामा खोप कार्यक्रममा धेरै भिडभाड भएको हुँदा सोही स्थानबाट संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरेर खोप कार्यक्रममा सहभागी हुन स्वास्थ्य कार्यालले अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer