निशान भगवती मन्दिरमा पर्यटकको चहलपहल

तानसेन । नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले निर्माण गरेको निशान भगवती मन्दिरमा पर्यटकको चहल पहल बढेको छ ।

कोरोना महामारीले अन्य पर्यटकीय स्थल बन्द रहेको समयमा निशान मन्दिरमा भने आन्तरिक पर्यटकको चहल पहल बढेको हो ।

अहिले निशान मन्दिरमा दैनिक सयबढी पर्यटकले अवलोकन गर्दै आएका छन् । साउन महिना लागेपछि निषेधाज्ञा खुकुलो भएसंगै दैनिक बिहान बेलुका पुजा गर्ने समयमा पर्यटकले मन्दिर अवलोकन गर्दे आएको मन्दिरका हेरालु छविराम रोकाले बताए ।

रोकाका अनुसार बिहानमा बुढापाकाहरु पुजा गर्न मन्दिरमा जाने गरेका छन भने बेलुकाको समयमा युवा पुस्ताले मन्दिरको अवलोकन गर्दे आएका छन् ।

 

अहिले बिहान र बेलुका दुई/दुई घण्टा मन्दिरको नृत्य पुजा गर्ने क्रममा मन्दिर अवलोकन गर्नका लागि आउने जिल्ला भित्रकै पर्यटकको संख्या बढ्दै गएको उनले बताए ।

अन्य समयमा पनि अवलोकनकर्ताहरु आएपनि मन्दिर खुला नभएको हुँदा बाहिरबाटै अवलोकन गरेर फकिर्ने गरेका छन् । निशान मन्दिरसंगै पाल्पाली करुवाको अवलोकन गर्ने र फोटो र भिडियोमा टिकटक बनाउनका लागि समेत पर्यटकहरुले मन पराउने गरेका छन् ।

महामारीको समयमा अन्य स्थानमा घुम्न जाने वातावरण नभएको समयमा निशान मन्दिर क्षेत्रको अवलोकन गरेको पर्यटक लक्ष्मण अर्यालले बताए । अहिले घरमा मात्र बस्दा बोर भएका नागरिकका लागि निशान भगवती मन्दिर क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बनेको घुम्न आउने हरुले बताएका छन् ।

सरकारले मठ मन्दिरमा नृत्य पुजा मात्र गर्न भनेको हुँदा मन्दिरमा अवलोकन गर्न आउनेहरुका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न मन्दिर व्यवस्थापनले अनुरोध गर्दे आएको छ ।

तपाईको प्रतिक्रिया