काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज मनाइँदै छ ।
यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँस्ने चलन रहेको छ। घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुःख नदिने जनविश्वास रहेको छ ।
नागलाई सर्पको राजा मानिने हुँदा पनि यो दिनलाई विषेश रुपमा हेरिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यताका हरेक वर्ष नागको पुजा गर्ने चलर रहेको हो । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ ।
नागपञ्चमीको अवसरमा घरघरमा नागको फोटो टाँसेर पूजा गर्नुका साथै काठमाडौंका नागपोखरीमा विषेष् पुजा गरिएको छ । यस्तै देशभरका दह र कुण्डमा पनि नागको महिमाका आधारमा पूजा गरिएको छ ।
नागको पूजा गरेपछि आज दिनभर किसानहरुले खेतबारीमा खनजोत नगर्ने प्रचलन पनि रही आएको छ ।