पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–६, तल्लोतालमा घर नजिकै मकैबारीमा भरुवा बन्दुकले स्याल हान्दा छर्राले लागेर छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय छोरा धन बहादुर लम्तरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकैको मकैबारीमा जंगली स्याललाई भरुवा बन्दुकले हान्दा छर्राले टाउकोमा लागेपछि लम्तरीको मृत्यु भएको हो ।

लम्तरीका बुबा ५६ वर्षीय कर्ण बहादुर लम्तरीलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी रामेश्वर त्वातीले बताए ।

तपाईको प्रतिक्रिया