वन मुद्दामा फरार छहराका पुरुष पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अदालतबाट दोषी ठहर भइ फरार रहेका एकजना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नं.८ का ७१ वर्षीय कर्णबहादुर रास्कोटी रहेका छन् ।

इजाजत बिना राष्ट्रिय वन क्षेत्रको रुख कटान गरेको मुद्दामा फैसला भई जरिवाना समेत तोकिएकोमा फरार भएका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

अदालतबाट २ लाख २६ हजार जरिवाना सहित फैसला सुनाइएका रास्कोटीलाई प्रहरीले बिहीबार नै जिल्ला अदालत पाल्पामा बुझाइएको पनि सूचना अधिकारी त्वातीले जानकारी दिए ।

पछिल्लो समय पाल्पा प्रहरीले फरार रहेका अभियुक्तलाई प्रकाउमा जोड दिएको जनाएको छ ।

पछिल्लो एक महिना यता मात्रै आधा दर्जनबढी अभियुक्तलाई कानूनको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको