तानसेन । मनसुन वायु सक्रिय भएपछि केही दिनदेखि निरन्तर पानी परेको छ ।
पानी पर्नासाथ तराईमा ढुवान र पहाडमा पहिरोको जोखिम बढेको हुँदा सर्तकता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।
यसैबीच पानी पर्नासाथ अवरुद्ध हुने सिद्धार्थ राजमार्गको पाल्पा खण्ड आज पनि अवरुद्ध भएको थियो । तर अहिले भने पहिरो पन्छाएर एकतर्फी रूपमा सडक संचानलमा आएको छ ।
निरन्तरको वर्षासंगै पहिरो खसेर बिहानैदेखि अवरुद्ध भएको तिनाउ गाउँपालिका ५ को चर्चरे र तिनाउ ३ को गिट्टीखानीमा पहिरो पन्छाएर सडक सुचारु भएको हो ।
सडक डिभिजन पाल्पा र प्रहरीको समन्वयमा पहिरो पन्छाएर दिउँसोदेखि एकतर्फी सडक संचालन भएको छ । सडक डिभिजन पाल्पाका सूचना अधिकारी शिवु खत्रीले दिएको जानकारी अनुसार तत्कालका लागि एकतर्फी रुपमा सवारी पास हुनेगरि सडक खुले पनि दुईतर्फी सवारी संचालन गर्न समय लाग्ने भएको छ ।
सिद्धार्थ राजमार्गमा पर्ने उक्त सडकखण्डको आधा दर्जनबढी स्थानमा ढुंगासहितको पहिरो खस्ने जोखिम रहेको छ । पहिरो खस्ने जोखिमका कारण यात्राअघि प्रहरीसंग समन्वय गरेर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।