
तानसेन। पाल्पामा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा माथागढी ३ सराईका २२ वर्षीय ताराबहादुर दर्लामी, सोही स्थानका ३६ वर्षीय लिलाबहादुर सारु, र माथागढी–२, रुप्से बस्ने २८ वर्षका विनोद कुमार मल्ल रहेको प्रहरीले जनाएके छ ।
घाइतेमध्ये तारा बहादुरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
घाइतेहरुको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
बुधबार बेलुका माथागढी गाउँपालिका वडा नं.२ गैराबारीस्थित झडेवादेखि सराईतर्फ आउदै गरेको लु १ ह ११५२ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।