पाल्पा । तिनाउ गाउँपालिकाभित्रका ढापखोला सामुदायिक वन र सिर्जनशील महिला सामुदायिक वन उपभोक्ता समूहकोे वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा तिनाउका प्रवक्ता तथा प्रमुख अतिथि राजेश श्रेष्ठले सामुदायिक सबैको सम्पत्ति भएकोले यसको संरक्षणमा ध्यान दिनुपर्ने बताए । वन र वातावरण जोगिए मानवका आधारभूत आवश्यकताहरु सहज रुपमा पूर्ति हुने भएकाले वनजंगल संरक्षणमा सबै चासो हुनुपर्ने श्रेष्ठले बताए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु कार्यपालिका सदस्य रितु श्रेष्ठले सामुदायिक वनबाट गरीवी हटाउन र आयआर्जनका काम गरी जीवीकोपार्जन सहज भएको बताइन । नका अभिन्ता पदम शाक्यले सामुदायिक वनबाट धेरै नै राम्रो काम बताए ।

सभामा सामुदायिक वन समन्वय समितिका सचिव दिनेश जिसी, थानीडाँडा माविका सहायक प्रधानाध्यापक रुद्र जिसी, बँदेल पोखरी सामुदायिक बनका ईमान सिह थापा, बगाह स्वास्थ्य इकाईका प्रमुख फारस खड्का र माल्मती थापाले वनजंगल संरक्षण गर्न सकेकोमा बाढी पहिरो रोकिने बताए ।

ढापखोला सामुदायिक जनको ३३ लाख ९९ हजार र सिर्जनशील समुहको १६ लाख ६४ हजारको आय ब्यय विवरण प्रस्तुत गरिएको थियो । दुबै वनको वार्षिक सभाको अध्यक्षता कुम्भकला खड्काको अध्यक्षत र दिपक जिसीले सञ्चालनमा एकैस्थानमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया