सिद्धार्थ राजमार्गको बर्तुङ्ग-राम्दी खण्ड अवरुद्ध

तानसेन । लगतारको वर्षासंगै पहिरो खसेर सिद्धार्थ राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अवरुद्ध भएको छ ।

वर्षासंगै पहिरो खसेपछि रम्भा गाउँपालिका वडा नं. ३ सीता पहाड र बगनासकाली गाउँपालिका वडा नं ४ को जल्लाबिरेमा सडक अवरुद्ध भएको राम्दी प्रहरी चौकीले जनाएको छ ।

शुक्रबार बिहानै पहिरोले सडक अवरुद्ध भएपनि हालसम्म सडक सुचारु गर्ने पहल नभएको राम्दी प्रहरी चौकीका प्रमुख धर्म बहादुर घर्तीले बताए ।

घर्तीले भने- “बिहानैदेखि ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यलयलाई खबर गरेका छौं तर अहिलेसम्म मेसिन पठाउनु भएको छैन । जस्ले गर्दा यात्रुहरु बीच सडकमै अलपत्र परेका छन् ।”

ढुंगा र लेदोसहितको पहिरोले सडक अवरुद्ध हुँदा अत्यावश्यक कामाका लागि छुटेका सवारी समेत बीच सडकमा अलपत्र परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया