
तानसेन। निरन्तरको वर्षसंगै पहिरो खसेर अवरुद्ध भएको सिदार्थ राजमार्ग संचालनमा आएको छ ।
सडक डिभिजन पाल्पाले पहिरो पन्छाएर सडक एकतर्फी संचालनमा ल्याएको हो । पहिरोका कारण बिहानैदेखि अवरुद्ध भएको रम्भा ३ को सीता पहाड र बगनासकाली ४ को जल्लाबिरेमा पहिराे पन्छाएर सडक एकतर्फी खुलाइएको राम्दी प्रहरी चौकीमा प्रमुख धर्म बहाहुर घर्तीले बताए ।
ढुंगासहितको पहिरो खसेका कारण हालका लागि एकतर्फी रुपमा मात्रै सडक सुचारु भएको प्रहरीले जनाएको छ । सडक सुचारु भएसंगै बिहानैदेखि बीच बाटोमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् ।