पाल्पा । निस्दी गाउँपालिका–४ चिउरीबाँसका वर्ष ५८ का खड्ग बहादुर विकको शव फेला परेको छ ।
घरदेखि एक किलोमिटर टाठाको बाटोमुनिको खोल्सामा शव भेटिएको हो । बाटोदेखि २५० मिटर तल खोल्सामा विकको शव भेटिएको प्रहरीले जनाएको छ ।
निस्दीको भीरपानीमा गाउँपालिकाको बाटो सम्वन्धि काम सकेर घर फर्केका विक विहिबार हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतका दाजु पूर्णसिंह विकले भाइ घरमा नफर्के पछि प्रहरीलाई उजुरी गरेसँगै प्रहरीले खोजि कार्य गरेको थियो । मृतक विकको शव शुक्रबार भेटिएको हो ।