घरमा सुतिरहेकी बालिकालाई घरले च्यापेर मृत्यु

पाल्पा । तानसेन नगरपालिका–५,कैलाशनगरमा लगातारको वर्षाका कारण सुतिरहेकी बालिकालाई घरले च्यापेर मृत्यु भएको छ ।

मृत्यु हुने सोही स्थानका नारायण बहादुर दर्जीको १० वर्षीय छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । दर्जी आफनै घरमा सुतिरहेको अवस्थामा अचानक घर भत्किदा ढुङ्गा र माटोले च्यापिएर थियो ।

एकतले कच्ची घरमा सुतिरहेको अवस्थामा पछाडिको भागमा अचानक भत्किरको थियो ।

घर भत्किएर च्यापिएकी दर्जीलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल राति नै लगिएको भएपछि चिकित्सकले मृत्यु घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

निजका मामा कमल दर्जीले अस्पतालका लागि अस्पताल लगेका थिए ।

तपाईको प्रतिक्रिया