पाल्पा : तानसेन नगरपालिका–७, बाघखोरमा नौ वर्षसम्म शीत भण्डार अलपत्र भएको छ ।
भारतीय राजदूतावासको ४ करोड ९९ लाख र तानसेन नगरपालिकाको अन्य शीर्षकमा बजेट विनियोजन गरी काम थालिएको भएपछि हालसम्म २७ प्रतिशत काम मात्र पुरा भएको हो । १८ महिनामा काम सम्पन्न गर्ने भनेर निर्माण पक्षले सम्र्झौता भएको थियो । शित भण्डारको दुई हजार टन क्षमताको रहेको तानसेन नगरपालिकाले जनाएको छ ।
बहादुर सिंह लामाको हिमडुङ एण्ड थोकर र रामप्रसाद भट्टको जय रक्तकाली जेभीले २०६९ फागुन २३ गते सम्झौता गरी विस २०७१ जेठ ३० गते सम्पन्न गर्ने शर्तमा काम थालेको हो । तर पटक पटक म्याद थप गरिएपनि शित भण्डारको भवनको काम गति लिन सकेको छैन ।
अहिले भवनको तल्लो भागमा घाँस तथा रुख हुर्किरहेका छन् । तानसेन–७, का स्थानीयबासिन्दा माधव भटट्राईले ५ वर्षदेखि कुनै पनि काम नहुँदा भवन अलपत्र भएको बताए । पहिला खेलकुदका आयोजना हुने यस क्षेत्र शितभण्डार निर्माण गर्न थालेपछि प्रतियोगीता नहुँदा सुनसान बनेको बताए । अलपत्र शितभण्डारको काम छिटो सुचारु गर्न तानसेन नगरपालिकामा पटक पटक धाएपनि कामको गति लिन नसकेको हो ।
पाल्पा, गुल्मी, स्याङगजा र अर्घाखाँची जिल्लाका कृषि उत्पादनलाई चिस्यान केन्द्रमा भण्डार गरी नोक्सानी काम गर्ने सरकारको योजना हो । किसानले उत्पादित बस्तुहरुलाई लामो समयसम्म ताजा राख्न र राम्रो मुल्यका निम्ति चिस्यान केन्द्रमा भण्डारण गर्ने चलन छ । अलपत्र शित भण्डारले यस क्षेत्रका किसानले बीउ विजन चिस्यान केन्द्रमा भण्डार गर्न रुपन्देही जिल्लाको भैरहवा लैजानुपर्ने बाध्यता नहटेको भटट्राईको दावी छ ।
निर्माण व्यवसायीले निर्माधिन शिल भण्डारको संरक्षण गर्न भारतीय नागरिकलाई हेरालुको जिम्मेबारी दिएको छ । भारतको सितापुरका राज चौरसियाले परिवार सहित हेरालुको रुपमा काम गरेपनि पारिश्रमिक पाउन नसक्दा ऋणको भारी बोकेका छन् । चार बर्षदेखि निर्माण पक्षबाट पारिश्रमिक पाउन सकेको छैन । पारिश्रमिक नपाउँदा बिहान साँझको छाँक टार्न समेत समस्या भएको चौरसियाको गुनासो छ ।
विस २०७५ माघ ८ गते काम पुरा गर्न अन्तिम म्याद दिएको थियो । सोही मितिमा काम पुरा नगरेपछि क्षतिपूर्ति वापत ४८ लाख २२ हजार ५५ रुपैँया भुक्तानी गर्न व्यवसायीलाई पत्राचार गरेको थियो । व्यवसायीहरुले आफुहरुलाई लगाइएको क्षतिपूर्ति मिनाह गर्नुपर्ने र कामको मूल्यांकलन गरी ५० लाख पाउनुपर्ने दावी छ ।
तानसेन नगरपालिकाले पकट पटक गरी २ करोड १६ लाख भुक्तानी दिएको छ । तानसेन नगरपालिका, भारतीय दुताबास र निर्माण व्यवसायी बीच छलफलमा काम गर्ने लिखित सहमति भएपनि काम पुन ः सुचारु हुन सकेको छैन ।
तानसेनका नगरप्रमुख अशोक कुमार शाहीले आफुहरुलाई कानुनी समस्या गर्दा काम नगर्ने निर्माण पक्षलाई हटाएर नयाँलाई जिम्मा दिन समस्या भएको बताए । शित भण्डारको अधुरो हुँदा नगरपालिकालाई नै लज्ज्ति बनाएको छ । अलपत्र शित भण्डारका कामलाई गति दिन पहलकदमी भइरहेको र छिटो काम सुचारु गर्न सम्वन्धित निकायसँग छलफल भइरहेकोे नगर प्रमुख शाहीले बताए ।