तानसेन।सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा सवारी रोकेरै पहिरो सफा गरिंदैछ ।
गत आइतबार पहिरो खसेर पटक पटक अवरुद्ध हुँदै आएको तानसेन नगरपालिका –८, को तल्लो डुम्रेमा हिजोबाट पहिरो हटाउन हिजोदेखि शुरु गरिएको हो ।
पहिरो पन्छाउनका लागि आज बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म पनि बाटो बन्द हुने भएको छ ।
दुईतर्फी रुपमा सवारी सञ्चालन गर्नका लागि पहिरो हटाउन एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गरिएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।
दिनको समयमा धेरै यात्रुको चाप हुने रातको समयमा पहिरो पन्छाउने काम गर्न लागिएको पनि स्थानीय प्रशासनले जनाएको छ । सो सडकखन्ड पहिरोका कारण तीन दिनसम्म सडक अवरुद्ध भएको थियो ।
पहिरोले एक घर पुरेको र चार घरमा क्षति पुर्याएको छ ।