
पाल्पा । तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास संघ रेडाले महिला समुहहरूलाई बाख्रा उपहार प्रदान गरेको छ । तानसेन वडा न १२ डाडा कटेरीका जागृत स्वलम्बन महिला मुल समुहलाई प्रदान गरिएको हो । दिदी समुहले ३ वटा बहिनी समुहलाई उपहार प्रदान गरिएको हो ।
गरिबी निवारण तथा महिलाहरूलाई उत्पादनमूलक कार्यमा जोडी स्वरोजगार बनाउने उधेश्यले सञ्चालन गरिएको बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम तानसेन नगरपालिकाको ७५ प्रतिशत अनुदान र रेडाले २५ प्रतिशत गरि सय प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको थियो । सोही अनुसार जागृति स्वालम्बन महिला मुल समुहले उपसमुहलाई उपहार स्वरूप बाख्रा प्रदान गरेको हो ।
कार्यक्रममा जागृत महिला समुहकि सचिव रीता रानाले शुरूवातमा २५ जना महिलाहरूलाई बाख्रा प्रदान गरी कार्यक्रम शुरू गरिएको थियो । शुरूवात क्रममा आधारसिला तालिम,समूह व्यवस्थापन तालिम, पशुको उचित व्यवस्थापन तालिम, करेसा वारि तालिम, बाह्य जिल्ला भ्रमण,खोर निर्माणमा सहयोग रहेको छ । समुहले सामुहिक घाँस १ रोपनीमा रोपण,सामुहिक अदुवा खेती ३ सय ३२ केजी०,तीन वटा उपहार समुहको निर्माण जुन समुहमा ६२ जना सदस्य रहेको बताए।
करेसा बारीको निर्माण गरि बजारबाट आयातित हुने अत्यावश्यक बस्तुहरूको खपतमा कमि गरि स्थानीय उत्पादनलाई उपभोग गर्ने कार्य शुरूवात बताए । शुरूवातमा ८४ वटा बाख्रा उपहारबाट शुरूवात भएको कार्यक्रम हाल सम्म २ सय ४७ वटा पुगेको उनले बताए।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले मुल समुहबाट ३ वटा उपसमुहमा स्थापना भएको खुशी व्यक्त गर्दै आगामी दिनमा संगठनात्मक जीवन शैली,संगठनात्मक कार्य शैलीको सँगसँगै व्यवसायीकतामा अगाडि लाग्ने कुरामा नया सस्था शिक्षित हुने र सस्थाले ठुलो रूप लिने बताए। आगामी दिनमा सस्थाले उधमशिलताको नमुना रूपमा बाख्रा पालन,अदुवा खेती,जडिबुटी,लगाएत एकीकृत रूपमा कृषि कर्ममा गरि विभिन्न स्थानहरूबाट अवलोकन गर्न आउने खुला पाठशालाको रूपमा विकास गर्न सकिने भएकोले नगरसरकारले उपलब्ध गराउन पर्ने सहयोग उपलब्ध गराउने बताए ।
विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउनका लागि ७५३ वटा स्थानीय तह मध्ये सबै भन्दा पहिलो पटक युवा स्वरोजगार कार्यक्रम ल्याई युवाहरूलाई सहुलियतमा विना धितो ऋण प्रदान गर्ने कार्यको गरेको बताए । तानसेन नगरपालिकाले पालिकाका १४ वटै वडाहरूमा विकासको सम्भावना हेरि विभिन्न पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको बताए। सोही अनुसार तानसेनका वडा न १२ लाई बाख्रा पालन पकेट क्षेत्रको रूपमा विकास गर्नका लागि बाख्रा उपहार कार्यक्रम,बाख्रा लागि घाँस तथा आधुनिक खोरको निर्माण गरि नगर भित्रका कृषकहरूलाई उत्पादनमूलक कार्यमा जोडी उधमशिल बनाउनका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।
कार्यक्रम आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले तानसेन नगरपालिकाको आर्थिक सहयोग र रेडाको सहकार्यमा बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको बताए । कार्यक्रमको लागि तानसेन नगरसरकारले ७५ प्रतिशत र रेडाले २५ प्रतिशत गरि कृषकहरूलाई सतह प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको बताए ।
कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख प्रशासकृय अधिकृत पिताम्बर पाण्डे नगरपालिकाले नगरबासी नागरिकहरूलाई विभिन्न पकेट कार्यक्रमहरू मार्फत उत्पादनमूलक कार्यक्रम जोडी उधमशिल बनाउन नगरसरकारले विभिन्न उधमशिलताका कार्यक्रम अगाडि बढेको बताए ।