शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग उपलब्धि न्यून

पाल्पा । शिक्षा तथा विकास समन्वय इकाइ र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पा लगायतका गैरसरकारी संस्थाहरुद्धारा आयोजित शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग विषयक अन्तरक्रिया आज तानसेनमा सम्पन्न भएको छ ।

सो कार्यक्रम जिल्ला समन्वय अधिकारी धुव्रबहादुर कुंवरले कोरोना जोखिमका कारण अनलाइन शिक्षा सिकाई पूर्ण रुपमा प्रभावकारी नभएको र केही मात्रामा प्रयास जारी रहेको बताएका छन् । उनले पछाडि परेकोलाई अझ ध्यान पुग्न सकेको छैन भन्ने लाग्छ त्यसैले मूलधारमा ल्याउन नीति परिवर्तन गर्नुपर्ने बताए । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश पौडेलले भूगोलका कारण पनि सूचना प्रविधिको पहुँचबाट बञ्चित भएको बताए । पाल्पाकै पनि विभिन्न स्थानमा अझै पनि फोनसमेत लाग्ने अवस्था नभएको बताए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका सहसचिव कपिल कुँवरले  सदरमुकाममै सूचना प्रविधिको पहुँच राम्रो छैन । ग्रामीण भेगमा कस्तो सहभागीता रहेको होला भनी प्रश्न गरेका थिए । नेपाल शिक्षक महासंघकी अध्यक्ष धनकला गाहाले बैकल्पिक शिक्षा अपनाउनुपर्ने धारणा थियो । एक शिक्षक एक ल्यापटप भए सहज हुने थियो । मोबाइलमा पढाउन समस्या छ । शिक्षकहरुलाई प्राविधिमैत्री बनाउन जरुरी रहेको उनले बताइन ।नेपाल शिक्षक संघकी उपाध्यक्ष शारदा घिमिरेले पाण्डेय पढाई विगार्न हुन्न भन्ने कुरा छ । नजान्ने विद्यार्थी सधै पछाडि रहेका छन् । पढाईमा चाख राख्नेहरु मोबाइलमा पनि उपस्थिति हुने गरेको बताइन ।

नेपाल राष्टिय शिक्षक संगठनका अध्यक्ष रामप्रसाद ढकालले दक्षिण एशियामा ३८ प्रतिशत शिक्षा क्षेत्रमा हस ल्याएको छ । नेपालको ३५ हजार ६ सय २२ विद्यालय १३ प्रतिशत मात्र विद्यालय सूचना प्रविधिको पहुँच कक्षा लिन सक्षम । ३५ प्रतिशतमा केही न केही इन्टरनेटको पहुँच । सहरी इलाकामा ८३ प्रतिशत र १७ प्रतिशत ग्रामीण इलाकामा पहुँच छ । २७ प्रतिशत ड्रप आउट हुने भनिएको छ । बालबालिकामा हिनताबोध हुने अवस्था रहेको ढकालले बताए ।

अनेरास्ववियुका राधाकृष्ण दंगालले सूचना प्रविधिको पहुँचका विषयमा पनि जानकारी हुनुपर्ने बताए । विभिन्न कारणले गर्दा विद्यार्र्थीको पढाई बिग्रिएको छ । सूचना प्रविधिको पहुँच बढेको छ । अब स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराएर भएपनि भौतिक उपस्थितिमै पढाई हुनुपर्ने धारणा छ।
अनेरास्ववियु क्रान्तिकारीका उमा विश्वकर्माले ५० प्रतिशत पनि विद्यार्थी नगरमै उपस्थिति हुन सकेको अवस्था छैन । नेपाल विद्यार्थी संघका सभापति सुरेश बोहोराले शिक्षण सिकाईमा सूचना प्रविधिको प्रयोग उपलब्धिमूलक नदेखिएको तर्क छ ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले ग्रेडिङ प्रणालीले गर्दा शिक्षाको गुणस्तर घटिरहेको बताए । सामाजिक स्रोत विकास केन्द्रका कार्यकारी निर्देशक चोपलाल गिरी कोरोनाका कारण झण्डै दुई वर्षदेखि सार्वजनिक शिक्षामा प्रभाव बढी परेको बताए । विद्यालय खुल्दा समयमा शिक्षक पुग्ने नपुग्ने भन्ने कुरामा ध्यान पुग्न नसकेको बताए ।रुम टु रिडका भुपाल आले भुपाल आले तथा चोपलाल गिरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया