
पाल्पा । कोरोना संक्रमण न्यून भएसँगै स्थानीय तहले विद्यालय खोली शिक्षण सिकाई सहजीकरण गर्ने भनिएपनि विद्यालयले आलटाल गरेका छन् ।
बगनासकाली गाउँपालिकाभित्र आइतबारदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भनिएपनि सो निर्णय कार्यान्वयन हुन सकेको छैन । स्थानीय तहको निर्देशन विपरित मनोमानी रुपमा शिक्षक मात्र विद्यालयमा उपस्थिति भएपनि विद्यार्थी उपस्थिति नहुन अनरोध गरी विद्यालयमामा पठनपाठन हुन नसकेको हो । बगनाकाली गाउँपालिकाले आइतबारदेखि विद्यालय खोलेर विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन गर्ने भनिएको थियो ।
गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीका अनुसार आइतबारदेखि विद्यालय सञ्चालन गर्न अनुमति प्रदान गरिएको हो । गाउँपालिकाकै कार्यालयदेखि झण्डै सय मिटर नजिकै एउटा विद्यालय छ । बगनासकाली गाउँपालिका, कार्यालयको चिर्तुंधारास्थित ग्राम्य माध्यमिक विद्यालयमा पठनपाठन हुन सकेको छैन । बगनासकाली गाउँपालिकाले डिसीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको बैठकका निर्णय बमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रुपमा पालना गरी विद्यालय आइतबारदेखि खोलिने भनिएपनि पठनपाठन हुनै नसक्दा स्थानीय तहको निर्णय विद्यालयले नटेरेको हो ।
विद्यार्थीहरुलाई सोमबारदेखि उपस्थिति गराई पठनपाठन गराउने भनि अभिभावक तथा विद्यार्थीहरुलाई जानकारी गराई आइतबार पठ्नपाठन नै रोकिएको हो । विद्यालय उपस्थिति भएका शिक्षकहरु पनि कार्यालय समयमा पूर्ण बसेनन् । आइतबार साढे तीन बजे नै शिक्षकहरु घर पुगिसकेका थिए । विद्यालयको अफिस खुल्ला रहेको र कार्यालय परिसरमा सहयोगी मात्र रहेका थिए । यता, गाउँपालिकाले १० बजेदेखि ४ बजेसम्म शिक्षकहरु विद्यालयमा नै रहनुपर्ने गाउँपालिका शिक्षा शाखा प्रमुख गुनाराम खनालले बताए । उनका अनुसार कार्यालय समयमा विद्यालय खाली गर्ने शिक्षक र विद्यालयको खोजी गरी कारबाही अगाडि बढाउने बताए ।
बगनासकाली गाउँपालिकाकै घोरबन्दास्थित राम आधारभूत विद्यालय आइतबार खुलेको थियो । विद्यालय खोलिएपनि पहिलो दिन भएकोले शिक्षकहरुले पठनपाठन नगराएको हो । पहिलो दिन विद्यार्थीैहरुलाई कक्षाकोण सरसफाइमा प्रयोग गरिएको प्रअ गुन बहादुर गाहाले बताए । ससाना विद्यार्थीहरुलाई विद्यालयको भवनका छतमा रहेको पानीका डमहरु सरसफाई गर्न कार्यमा खटिरहेका थिए । विद्यालय उपस्थित भएका पुरुष शिक्षकहरुलाई कार्यालय समयमा नै घरमा पठाएर प्रअ गाहाले महिला शिक्षकलाई विद्यालयमा राखेका थिए ।
पाल्पाका स्थानीय तहहरुले हतारमा विद्यालय खोलेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भनिएको छ । शिक्षकहरुले बालबालिकालाई जोखिमका काम प्रयोगले अभिभावकहरु चिन्तित देखिएका छन् । विद्यालयमा पूर्ण समय नविताउने शिक्षकहरु आगामी दिनमा पूर्ण समय शिक्षण सहजीकरणमा बिताउछन् भन्नेमा अहिले जिल्लामा प्रश्न उठनेको छ ।
“महिला शिक्षिकालाई छतमा पठाउन सकिएन, त्यसैले बालबालिकाहरुलाई सरसफाइमा प्रयोग गरिएको हो” प्रअ गाहाले भन्नुभयो, बालबालिकालाई नखटाए कसलाई खटाउने हो त भन्दै जंगिए । केही बालबालिकाहरु खेलिरहेका थिए, केही शिक्षकको निर्देशनमा सरसफाईमा ज्यान जोखिममा राखे काममा खटिएका थिए । तर, विद्यालयका प्रअ गाहाले स्वास्थ्य मापदण्डको पालना गरी पठनपाठ्न सञ्चालन गरिएको झ्टो विवरण फुर्तिका साथ सुनाउन भ्याए । पाल्पामा खोलिएका विद्यालयहरु समेत विद्यार्थीहरुले मास्क मुखमा देखिएको थिए । शिक्षकहरुले स्वास्थ्य मापदण्डको पालना गराउन खासै चासो नदेखाउँदा विद्यार्थीहरुमा कुनै उत्साह थिएन ।