पाल्पामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान १ लाख सहभागी

पाल्पा । राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानमा १ लाख ३५ हजार ३ सय ६३ जना सहभागी भएका छन् ।

पाल्पाको रिब्दीकोट गाउँपालिकाबाट २०७७ चैत महिनादेखि अभियान सुरु भएको थियो । सो अभियान पुर्वी पाल्पाको रामपुर नगरपालिकामा २०७८ भदौ १७ गते परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता प्रक्रिया सम्पन्न भएको बताए ।

स्थानीय तहमा अभियान सम्पन भइसकेकोले अभियानमा छुटनु भएका तथा जिल्ला प्रशासन कार्यालय तानसेनमा सेवा लिन आउनुहुने सेवाग्राहीले आफनो सक्कल नागरिकता र अन्य आवश्यक कागज सहित स्थायी स्टेशनबाट अभियानमा सहभागी हुन पाउने व्यवस्था रहेकोे प्रजिअ पाण्डेयले बताए ।

पाल्पाको रामपुर नगरपालिकामा २० हजार ७ सय ५८, निस्दीमा गाउँपालिकामा ९ हजार ७ सय ७९, बगनासकाली गाउँपालिकामा ११ हजार ७ सय ४ जना, तानसेन नगरपालिकामा २० हजार ९४ जना, तिनाउ गाउँपालिकामा ११ हजार ४ सय ९५, रैनादेवी छहरा गाउँपालिकामा १३ हजार १, रिब्दीकोट गाउँपालिकामा ९ हजार ३ सय २८ जना परिचयपत्रमा सहभागी भएका छन् ।

त्यसै गरी पूर्व खोला गाउँपालिकामा ८ हजार ५ सय ४०, माथागढी गाउँपालिकामा १४ हजार ३४ जना, रम्भा गाउँपालिका ६ हजार २ सय ११ जना र जिल्ला प्रशासन कार्यालय पाल्पाको स्थायी स्टेशनबाट साउन महिनासम्म ६ हजार २ सय ११ जनाले परिचयपत्र विवरण दर्ता अभियानमा सहभागी भएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया