
पाल्पा । आठौं राष्ट्रिय परिवार नियोजन दिवस एवं ६३ औ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको स्थापना दिवस २०७८ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र स्वास्थ्य कार्यालय पाल्पाले संयुक्त रुपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । यो वर्ष कोभिड १९ को महामारीः परिवार योजना सेवामा सवैको पहुँच बराबरी भन्ने नाराका साथ परिवार नियोजन दिवसको अवसरमा अन्तरक्रिया आयोजना गरिएको शाखाका प्रवन्धक शोभाकान्त न्यौपानेले बताए ।
परिवार नियोजन संघ पाल्पाका शाखा प्रवन्धक शोभाकान्त न्यौपानेले परिवार योजना सेवामा सवैको पहँुच बराबर हुने बताए । कोभिड १९ का कारण परिवार नियोजन संघले दिने सेवाहरु केही हद सम्म प्रभावित भएतापनि निरासाजनक नरहेको बताए ।
स्वास्थ्य प्रमुख नारायण प्रसाद चौधरीले परिवार योजना कार्यक्रमलाई प्रभावकारी हुँदै गएको बताए । अस्थायी र स्थापी परिवार नियोजनका साधनप्रति महिला तथा पुरुषको प्रयोग बढेको बताए ।
पाल्पाका विभिन्न गाउँपालिका र नगरपालिकामा वाल विवाह बढ्दो रहेको छ । बालविवाह गर्नेहरु परिवार योजना निर्माणका सन्दर्भमा सचेत नहुँदा समस्या देखिएको छ । कार्यक्रममा जिल्ल्लामा परिवार नियोजनका साधनको प्रयोग अझै बढाउन सबैको सहयोग आवश्यक स्वास्थ्य प्रमुख चौधरीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासँघका सह सचिव कृष्ण दर्नाल र कोषाध्यक्ष मुक्ति न्यौपानेले परिवार योजनाका सन्दर्भमा ग्रामीण बस्तीमा महिला पुरुषहरुले सहज रुपमा सेवा पाउनुपर्ने बताए ।कार्यक्रम संघका सदस्य माधव अर्यालको स्वागत मन्तब्य र परिवार नियोजन संघ पाल्पाका लेखापाल सोम आलेको संचालनमा र स्वास्थ्य कार्यालयका प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।