तालिम र बाख्रा उपहार पाएसँगै महिलाहरु खुसी

पाल्पा । पाल्पाको तानसेन नगरपालिका ५ अर्चलेमा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको छ । तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण आर्थिक विकास संघ रेडाको सहयोग र आदर्श स्वालम्वन महिला समुहको आयोजनामा कृषि तथा पशु उद्यमशितला विकास कार्यक्रम अन्तरगत दिदी समुहले बहिनी समुहलाई उपहारका बाख्रा प्रदान गरेका हुन ।

बाख्रा वितरण कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले आत्मनिर्भर बनाउन हेफरको सहयोगमा कृषि र पशुपालनका क्षेत्रमा युवालाई स्वरोजगार बनाउन काम भएकोे बताएका छन् । नेपाली युवाहरु बैदेशिक रोजगारीमा पलायन हुँदा सम्भावना र क्षमता समेत पलायन भएकोले कृषि, पशुपालन तथा अन्य उत्पादन क्षेत्रमा आकर्षित गर्ने काम नगरपालिकाबाट अहिले भएको शाहीले बताए । वैदेशिक रोजगारीमा गएकाहरुलाई स्वदेशमा फकाई र बेरोजगार युवालाई उत्पादन क्षेत्रमा लगाउने युवा स्वरोजगार, सहुलियत ब्याजदरमा ऋण प्रदान गरिएको नगरप्रमुख शाहीले बताए ।

कार्यक्रममा हेफर प्रोजेक्टका कार्यकारी निर्देशक डा. तीर्थ रेग्मीले शहरका बसोबास छाडेर गाउँमा आई व्यवसायिक बाख्रापालनले कृषि र पशुपालनका क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । आर्थिक जीवन परिर्वतनका लागि उत्पादनका क्षेत्रबाट मात्र गर्नुपर्ने र त्यसका लागि तानसेन नगरपालिकाले सुरुवात गरेको निर्देशक डा. रेग्मील बताए । बेरोजगार तथा गरीवी हटाउन उत्पादनमुखी कार्यक्रम, बजारीकरण तथा सहकारीका माध्यमबाट आर्थिक उन्नतिका काम भइरहेको बताए । कृषि तथा पशु उद्यमशिलता कार्यक्रम तानसेनको नमुना भएको र अहिले ४२ स्थानीय तहमा यही मोडलको कार्यक्रम सुरुवात भएको निर्देशक डा. तीर्थ रेग्मीले बताए ।

उपमेयर लक्ष्मी देवी पाठक हाम्रो पाखा पखेरा जति खनजोत गरयो त्यति आम्दानी हुने सम्भावना रहेकोले सोही अनुसार मेहनत आवश्यक रहेको बताइन । उनले मेहनत गर्न छाडेर खेतबारी बाँझो बनाई बैदेशिक रोजगारीमा पलायन हुँदा पारिवारिक समस्या समेत झागिएको पाठकको दावी थियो ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले स्थानीय उत्पादनको सम्भावनाका आधारमा कृषि तथा पशुपालनका क्षेत्र काम गरी युवाहरु व्यवसायिक र महिलाहरुलाई आत्मनिर्भर बनाउने काम भइरहेको बताए ।

ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले बाख्रापालनका साथसाथै महिलाहरुको आर्थिक उत्थान गर्न तरकारी तथा फलफुल खेती प्रति आकर्षित गर्ने कार्यक्रम रहेको बताए । महिलाको आर्थिक, सामाजिक शसक्तिकरणका अभियान मार्फत नेतृत्वदायी भूमिकामा बढ्दो रहेको निर्देशक कार्कीले बताए । आर्थिक रुपमा कमजोर रहेका महिलाहरु व्यवसायिक तालिम, बाख्रा उपहार पाएपछि महिलाहरु भने खुसी देखिएका छन् ।

तपाईको प्रतिक्रिया