छहरा। नेपाली कांग्रेस रैनादेवी छहरा गाउँपालिकाको सभापतीमा विष्णु पोखरेल चयन भएका छन् ।
शनिबार भएको नेपाली कांग्रेसको १४ औं महादिवेशन अन्तरगत पालिका तहको पद चयनमा पोखरेल निर्विरोध चयन भएका हुन् ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष समेत रहेका पोखरेलको नेतृत्वमा उपसभापतीमा हरी प्रसाद पोखरेल सोमादी, हुम बहादुर रेष्मी सत्यवती, सचिवमा विश्राज पन्त सिद्धेश्वर राजेस कार्की मुझुङ चयन भएका छन् ।
यस्तै सह सचिवमा सुकमाया विक बल्डेङगढी र गोपाल पौडेल जुठापौवा सहित ३२ सदस्यसीय समिति चयन भएको नेपाली काग्रेसका क्षेत्रीय सभापती राम बहादुर कार्कीले जानकारी दिए ।
अधिकांश पदमा आकाक्षी धेरै रहे पनि पार्टीले सबैको सहमतिमा सक्षम नेतृत्व चयन गर्न सफल भएको कार्कीले बताए ।