
पाल्पा । नेकपा माओवादी केन्द्र तिनाउ गाउँपालिकाले वडा नं ३ श्रीडाँडामा पार्टी कार्यकर्ताका निम्ति प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
पार्टीको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि तथा तिनाउ गाउँ कमिटिका अध्यक्ष राजेश श्रेष्ठले काँग्रेस र एमाले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।
तिनाउको विकासका निम्ति सबै गाउँ बस्तीहरुबाट माओवादीलाई जनताले साथ दिनुपर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा माओवादीका नेताहरु नारायण थापा, दिनेश जिसी, पम्फा मगर, टंक बस्याल, गंगा, चेतन बाह्रघरे, दल बहादुर सुनारी, धनमया दर्लामी र गोकर्ण दर्लामीले पार्टीको बारेमा धारणा राखेका थिए।
सो कार्यक्रममा गोकर्ण दर्लामी अध्यक्षता टोल कमिटी गठन गरिएको छ। जमान सिह रानाको अध्यक्षतामा वाइसियल गाउँ कमिटी गठन गरिएको माओवादीले जनाएको छ ।