ओलीको बालुवाटायरको शासन अन्त्य भएपछि बालकोटको खोपीभित्र : उपाध्यक्ष पाण्डेय

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले केपी शर्मा ओलीको बालुवाटायरको शासन अन्त्य भएपछि बालकोटको खोपीभित्रबाट बर्बराइरहेको आरोप लगाएका छन् ।

ओली र ओली आपेपासेका कारण बालकोटको खोपीपस्नुपर्ने बाध्यता आफनै कारण सिर्जना भएको उपाध्यक्ष पाण्डेयले बताए । बालुवाटायरमा बसी हालीमुहाली मच्चाइरहेका ओलीले अहिले राज्यको सुविधा प्रयोग नपाएपछि अत्तालिएको आरोप लगाएका हुन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पाल्पाका अगुवा कार्यकर्ता भेलामा उपाध्यक्ष पाण्डेयले केपीले आसेपासेलाई केपी शर्मा ओलीको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकोले आफुहरुले पार्टीमा विद्रोह गरेको बताए । पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उपाध्यक्ष पाण्डेयले बताए । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन काम गरेकोले त्यसको विरुद्धमा आफुहरुले विद्रोह गरेको बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेय र राजेन्द्रलक्ष्मी गैरेले केपी शर्मा ओलीले आफुलाई प्रधानमन्त्री हुँदा पार्टी काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समुहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलगाइएको बताए । गएराति देखि विहानसम्म अविरल वर्षा भएपनि कार्यकर्ता उत्साहजनक सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया