पाल्पामा प्रहरीको मास्क खोई अभियान

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले मास्क नलगाई हिड्ने सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

६६ औं प्रहरी दिवसका अवसरमा ट्राफिक प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा सर्वसाधारणलाई मास्क वितरण गएिको हो ।

लकडाउन खुलेपछि मानिसहरुको भिडभाड बढेको र मानिसहरु मास्क नलगाइ हिड्न थालेको समयमा कोरोना जोखिमबाट बच्न सचेतना स्वरुप जिल्ला सदरमुकाममा तपाईको मास्क खोई अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख सन्तोषकुमार भट्टराईले बताए ।

प्रहरीले मास्क वितरण गरेर यसको प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिनुका साथै चाडपर्व नजिकिएको समयमा जोखिमबाट जोगिन सन्देश समेत प्रवाह गरेका प्रमुख भट्टराईले बताए ।

मास्कको अनिवार्य प्रयोगले संक्रमणबाट जोगिन सकिने सन्देशसहित बजारमा निःशुल्क मास्क वितरण पश्चात नागरिकमा सचेतना बढ्ने र स्वास्थ्य मापदण्डको पालनामा ध्यान पुग्ने अपेक्षा प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया