पाल्पा ग्यास डिलर संघको आठौं साधारण सभा सम्पन्न, पौडेललाई सम्मान!

तानसेन। ग्यास डिलर संघ पाल्पाको आठौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका कोषाध्यक्ष उमेसराज शाक्यले दुई लाख ५० हजार बचत रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा संघका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यले संस्थाले हालसम्म गरेका काम र आगामी कार्य योजना प्रस्तुत गरेका थिए ।

सभा उपाध्यक्ष पर्शुराम पौडयालको स्वागत मन्तव्य,सचिव अजयबहादुर श्रेष्ठको संचालन तथा अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यको अध्यक्षतामा चलेको हो ।

पाल्पा ग्यास डिलर संघ भित्र करिव ५० जना ग्यास विक्रेताहरुको सहभागिता रहेको छ ।

पाल्पा जिल्लामा वार्षिक करिब ५६ हजार ग्यास सिलिन्डर खपत हुने संघले जनाएको छ । वार्षिक साधारण सभाको अवसरमा वर्षभरी सवैभन्दा धेरै ग्यास विक्रि गर्ने तानसेन ७ का पौडयाल सप्लायर्सका संचालक पर्शुराम पौडेललाई सम्मान समेत गरिएको छ ।

यो वर्ष देखी संघमा आवद्ध रहेका सदस्यहरुको २ लाख बरावरको दुर्धटना बीमा गरिने व्यवस्था पनि गरेको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया