दशैंको दाेस्राे दिन आज पनि टीका लगाउने क्रम जारी

काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशिर्वाद लिने क्रम जारी छ ।

खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन रहेकाे छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि टीका लगाउनु देवीको प्रसाद ग्रहण गर्ने भएकाले कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लगाउन सकिने जनाएकाे छ ।

पाल्पामा पनि बिहानैदेखि हिजाे टीका लगाउन छुटेका टाढाका अाफ्न्तकाेमा टीका र अाशिर्वाद लिन जानेकाे चहलपहल देखिएकाे छ ।

कोजाग्रत पूर्णिमाको दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो बडादशैं अर्थात् दुर्गा पक्ष समाप्त हुन्छ ।

तपाईको प्रतिक्रिया