पाल्पामा थप २ जनामा काेराेना पुष्टि

पाल्पामा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै स्वास्थ्य कार्यालयले आइतबार १२ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ । सक्रिय संक्रमितमध्ये ६९ जना होम आइसोलेसनमा र १९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer