तानसेन। पाल्पामा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले १३ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तानसेन नगरपालिका वडा नं. ११, का २० वर्षीय प्रेम सुनारलाई पक्राउ गरेको हो ।
गत असोज २५ गते दिउसो सिलखानटोलमा बालिका करणी गरेको भन्ने खबरका आधारमा सोमबार युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।