रानीमहल जाने बाटोमा पहिरो पर्यटक अलपत्र

तानसेन ।तानसेन रानीमहल सडकखण्डको बैकुण्ठेभीरमा पहिरो खसेर सडक अवरुद्ध हुदा पर्यटक अलपत्र परेका छन् ।

शुक्रबार बिहान एघार बजेतिर खसेको सुख्खा पहिरोका कारण रानीमहल घुम्न पुगेका पर्यटक अलपत्र परेका हुन् ।

अहिले पनि ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेको हुँदा सडक सुचारु गर्न समस्या भएको भौतिक पुर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहलका पर्यटन व्यावसायी बसन्त कुवंरले दिएको जानकारी अनुसार रानीमहलमा रहेका ५० बढी पर्यटक फर्किन सकेका छैनन । यस्तै घुम्नका लागि देशका विभिन्न स्थानबाट पुगेका सयबढी पर्यटक बीच सडकबाट फर्किन बाध्य भएका छन् ।

ढुंगा खसेको हुँदा मोटरसाइकल र पैदल यात्रा गर्न समेत कठिनाइ भएको सवारी चालक रबीन सारुले बताए । अहिले बीच बाटोमा पहिरोले गाडी रोकिएको हुँदा खान र समयमा गन्तव्यमा पुग्न समस्या भएको पर्यटकहरुले गुनासो गरेका छन् ।

तस्वीरः रवीन सारू

रानीमहलमा केही दिन अघि पनि वर्षासंगै पहिरो खसेर सयबढी पर्यटक अलपत्र परेका थिए ।

स्थानीय तह तानसेन नगरपालिका भने यस विषयमा बेखबर भएको पर्यटकहरुले गुनासो गरेका छन् ।

तस्वीरः बसन्त कुवंर

तपाईको प्रतिक्रिया