पाँचथर बस दुर्घटनाः ५४ जना घाइते,केहीकाे अवस्था चिन्ताजनक

काठमाडाैं । पाँचथरमा भएकाे बस दुर्घटना परि घाइते हुनेकाे संख्या ५४ पुगेकाे छ । घाइते मध्ये केही यात्रुको अवस्था चिन्ताजनक  रहेकाे प्रहरीले जनाएकाे छ ।

फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई उछिन्न सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोेँचमा झरेको थियो

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथर अस्पतालसहित समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १० यात्रुको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि झापा पठाउने तयारी प्रहरीले जनाएकाे छ ।

दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रु ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए ।

दुई किलोमिटर दूरी पार नहुँदै बस दुर्घटनामा परेको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer